१२ असार २०८३, शुक्रबार

नागरिक उन्मुक्तिको महाधिवेशन- निर्वाचन तालिका सार्वजनिक

पुस २७, २०८०
काठमाडौं
नागरिक उन्मुक्तिको महाधिवेशन- निर्वाचन तालिका सार्वजनिक

नागरिक उन्मुक्ति पार्टीको निर्वाचन प्रक्रिया शुरू भएको छ । कैलालीको टीकापुरमा जारी महाधिवेशनअन्तर्गत सर्वसम्मत प्रयास जारी नै राखेर निर्वाचन प्रक्रिया शुरू गरिएको हो ।

निर्वाचन तालिकाअनुसार अहिले मतदाता नामावली प्रकाशित गरिएको छ । छुटेका मतदाताको नामावली उल्लेख गर्ने र उजुरीको समय ११ बजे सम्मलाई तोकिएको थियो । 

सवा ११ सम्म छानबिन र कारबाही गर्नै र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने, १२ बजेदेखि उम्मेदवारी दर्ता , सवा १२ मा उम्मेदवारहरूको सूची प्रकाशन गरिने तालिका छ । 

उम्मेदवारी फिर्ता लिने र निर्विरोध भए १ बजे घोषणा गर्ने साथै एकभन्दा बढी उम्मेदवारीमा पौने २ बाट मतदानको समय तोकिएको छ । 

हिजो रातिबाट शुरू बन्द सत्र बिहान ५ बजे सकिएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्