२६ जेठ २०८३, मंगलबार

आजदेखि एसियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, २४ देशको भिडन्त

पुस २७, २०८०
काठमाडौं
आजदेखि एसियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता, २४ देशको भिडन्त

एसियन कप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरू हुँदैछ । एसियन कपको १८औं संस्करणमा कुल २४ देशले भाग लिँदै छन् । अघिल्लो वर्ष १६ जुन देखि १६ जुलाईसम्म चीनमा आयोजना हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण यसपटक हुन लागेको हो । 

आजदेखि शुरू एसियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताका खेलहरू २०२२ को विश्वकप फुटबल खेलिएका सात स्टेडियममा हुने छन् । प्रतियोगितामा ताजकिस्तानले पहिलो पल्ट भाग लिँदै छ भने हङकङ ५६ वर्षपछि  एसियन कपमा कमब्याक गरेको छ । 

प्रतियोगितामा सार्क देशबाट भारत मात्र सहभगी रहेको छ ।

 सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ । जसबाट हरेक समूहका विजेता र उपविजेता राउण्ड १६ मा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शीर्ष ४ देशले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गर्ने छन् ।

अहिलेसम्म एएफसी एसियन कपको उपाधि सबैभन्दा बढी जापानले ४ पटक जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्