१७ असार २०८३, बुधबार

पोर्न स्टारको रहस्यमय मृत्यु

पुस २८, २०८०
काठमाडौं
पोर्न स्टारको रहस्यमय मृत्यु

 एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुव्र्यवहारबारे बोलेकी एक पोर्न स्टारको रहस्यमय मृत्यु भएको छ । पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी हुन् । 

थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुन् । थैनाका एक साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको अन्तरर्वातामा थैनाको मृत्युको पुष्टि गर्दै आफू निकै दुःखी र शोकमा रहेको उल्लेख गरेका छन् ।

८ महिना अघि थैनाले आफूमाथि एडल्ट फिल्म उद्योगमा यौन शोषण हुने गरेको खुलासा गरेकी थिइन् । 

उनले भनेकी थिइन् , ‘मैले एडल्ट कन्टेन्ट बनाउन सुरु गरेपछि मलाई उद्योगमा यौन उत्पीडन र दुव्र्यवहार गरियो । शुरुमा त कैयौंले मलाई काममा राखेर ममाथि जे पनि गर्न सकिन्छ भन्ने सोचे । यस्तो ममाथि कैयौं पटक भयो । जब समाज साँच्चै फोहोरले भरिएको छ भने एक महिला हुनु र एडल्ट कन्टेन्ट बनाउनु निकै मुस्किल काम हो ।’ अधिकारीहरुले घटनाबारे अनुसन्धान सुरु भएको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्