०७ असार २०८३, आइतबार

एकाविहानै भूकम्पले हल्लियो काठमाडौं

कात्तिक २०, २०७४
एकाविहानै भूकम्पले हल्लियो काठमाडौं

काठमाडौं, १८ असोज– बुधवार बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौंको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने गरेको भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्