०९ साउन २०८३, शनिबार

रवि लामिछानेको दाबी : पुराना दल झेली गरेर निर्वाचन जित्न चाहन्छन्

पुस २८, २०८०
काठमाडौं
रवि लामिछानेको दाबी : पुराना दल झेली गरेर निर्वाचन जित्न चाहन्छन्
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलमा झेल गरेर चुनाव जित्ने मानसिकता रहेको बताएका छन् ।

पार्टीका काठमाडौं ८ का सांसद विराजभक्त श्रेष्ठको एक वर्षे कार्यकालका प्रतिवेदन सार्वजनिक कार्यक्रममा रविले पुराना दल कहिल्यै नसुध्रिने बताएका हुन् । 

‘एउटा आयोजना दुईवटा पुस्ता सकिँदासम्म पनि नबन्ने ? पानी, बिजुली र धाराको टुटी हाल्देऊ भन्न प्रधानमन्त्रीकोमा पुग्नुपर्ने अवस्था छ । दलबाट राम्रा मान्छे आऊन् प्रतिस्पर्धा होस् भन्नेमा हामी छौं । तर हामीलाई पुरानाबाट आश छैन । भ्रष्टाचारको काण्ड आयो भने तीन ठूला दलका नेता एक ठाउँमा बस्छन्’, रविले भने, ‘यही कार्यकालमा हारेकालाई चोर बाटोबाट राष्ट्रिय सभामा लिएर जाने काम भयो । उनीहरूलाई शासन सत्ता र शक्ति हाम्रो मुठ्ठीमा छ भन्ने लाग्छ । केही नलागे गठबन्धन गरेर र झेली गरेर भए पनि चुनाव जित्छौं भन्ने उनीहरूलाई छ ।’

तर उनीहरूले नसक्ने भन्दै राजनीतिलाई ट्रयाकमा ल्याउन रास्वपा अगाडि आएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्