०२ साउन २०८३, शनिबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, मुख्य मुद्दा राष्ट्रियसभा निर्वाचन र टीआरसी विधेयक

पुस २९, २०८०
काठमाडौं
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, मुख्य मुद्दा राष्ट्रियसभा निर्वाचन र टीआरसी विधेयक

राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयक लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनमा आबद्ध दलहरूले बैठक आह्वान गरेका छन् । बैठक आइतबार बिहान प्रधानमन्त्री निवासमा बस्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकको आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयकसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ । 

विशेषगरी बैठकमा गठबन्धनका राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने रणनीतिबारे छलफल हुने बताइएको छ ।

अर्कोतिर सरकारले आगामी संसद् अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने तयारी गरिरहेको छ ।

यसअघि कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी विधेयकबारे छलफल भएको थियो । यस विधेयकबारे दफावार छलफल हुने क्रममा सहमति नजुटेका विषय प्रक्रियाबाट टुंगो लगाउनेबारे छलफल भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्