२५ असार २०८३, बिहीबार

फिल्म ‘ईश्वर’को पोखरामा शुभमुहूर्त, छायांकन माघ २८ देखि

पुस २९, २०८०
काठमाडौं
फिल्म ‘ईश्वर’को पोखरामा शुभमुहूर्त, छायांकन माघ २८ देखि

राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘ईश्वर’को शनिबार पोखरास्थित बिन्ध्यबासिनी मन्दिरमा शुभमुहूर्त गरिएको छ । 

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने फिल्मको मुख्य भुमिकामा अभिनेता माओत्से गुरुङ पनि अनुबन्धित भएका छन् । 

फिल्म माघ २८ गतेबाट फ्लोरमा जाँदैछ । फिल्ममा यसअघि नै मुख्य कलाकारको रुपमा पृथ्वीराज प्रसाई, सुनील थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला र गीता अधिकारीको पनि अभिनय रहनेछ ।

केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले पनि केही कलाकारको छनोट भइरहेको छ । 

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवंम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्