०१ असार २०८३, सोमबार

वामपन्थीबीच एकताको प्रभाव, १५ सय नेताकार्यकर्ता एमालेमा प्रवेश

कात्तिक २०, २०७४
वामपन्थीबीच एकताको प्रभाव, १५ सय नेताकार्यकर्ता एमालेमा प्रवेश

कपिलवस्तु, १८ असोज– नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ ।

स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा ९माओवादी केन्द्र० एकाएक नेकपा एमालेसित चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो ।

यसको प्रभाव गाउँगाउँसम्म परेको छ । काठमाडौँमा तीन वामपन्थी दलको एकताको घोषणा भइरहँदा यता कपिलवस्तुमा ठूलो संख्यामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार ५०० नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले कपिलवस्तुले मंगलबार पकडीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित प्रभावशाली नेता एमालेमा प्रवेश गरेका हुन् ।

महाराजगञ्ज नगरपालिका–१० का वडा अध्यक्ष शैलेन्द्र चौधरी, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष इसरार मोहम्मद खाँन, माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद चौधरी, राजपाका जिल्लास्तरका नेता जगन्नाथ कुर्मी, नवीन चौधरीलगायत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

वडाध्यक्ष चौधरी स्वतन्त्रबाट निर्वाचित भएका थिए । पार्टी प्रवेशीलाई एमालेका सचिव प्रदीप ज्ञवालीले टीका लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा छोटो मन्तव्य राख्दै उहाँले प्रदेश र संघको निर्वाचनमा जाँदा माओवादी केन्द्र पनि सूर्य चिह्न लिएर चुनाव लडेर देशव्यापी रुपमा केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्