नारायणगढ–मुग्लिन सडकखण्ड आज २४ सै घण्टा खुला रहेको छ ।माघे संक्रान्तिको अवसरमा सडक निर्माणको काम स्थगित गरेर यातायात २४ सै घण्टा चल्न दिइएको हो । आइतबार पनि सो सडक बन्द थिएन ।
स्तरोन्नतिका लागि पुस ७ गतेदेखि दिउँसो ४ घण्टा बन्द गरिएको सडक माघी पर्वलाई लक्षित गरेर २४ सै घण्टा सञ्चालन गरिएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
सडक खण्डको तुइन खोलामा ढिस्को भत्काउने काम भइरहेको छ ।