
रेखा थापाको फिल्म ‘उपहार’का चारवटा पोस्टर सार्वजनिक गरिएको छ ।
सोमवार माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष कलाकारहरू प्रस्तुत छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल लगायतको अभिनय छ ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता रेखाका श्रीमान बलराम शाही ठकुरी हुन् । निर्माण पक्षले यसअघि फिल्मका दुई गीत ‘वाह वाह वाह’ र ‘मुटुको चार आना’ बोलका गीत सार्वजनिक गरिसकेका छन् ।
फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।
फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् । आउँदो फागुन २५ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ ।
यस्ता छन् पोस्टर



