११ असार २०८३, बिहीबार

दोक्लम विवाद : चीनले सीमाक्षेत्रमा सैनिक संख्या बढायो

कात्तिक २०, २०७४
दोक्लम विवाद : चीनले सीमाक्षेत्रमा सैनिक संख्या बढायो

काठमाडौं, १८ असोज — दोक्लम क्षेत्रमा चीनले सैनिक जवानहरूको संख्या बढाएको भारतले जनाएको छ । भारतीय विदेशसचिव एस जयशंकरले मंगलवार यस विषयमा भुटानी अधिकारीहरूसँग थिम्पुमा कुरा गरेका छन् ।


दोक्लम चीन, भारत र भुटानका सीमाक्षेत्रमा रहेको त्रिदेशीय विन्दु हो । दुई महिनाजति त्यस क्षेत्रमा भारत र चीनका सैनिकहरूबीच गतिरोध भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्रीबीचको सहमतिमा गतिरोध अन्त्य भएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलन शुरु हुन लाग्दा दोक्लम विवाद उठाइएको भारतीयहरूको निष्कर्ष छ । यस सम्मेलनले सीलाई दोस्रो कार्यकालका लागि निर्वाचित गर्ने निश्चित छ ।

सम्मेलनअघि चीनले सैन्य शक्ति प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्