३१ जेठ २०८३, आइतबार

सुख्खा पहिरोमा परी दोलखामा १ जनाको मृत्यु

माघ १, २०८०
दोलखा
सुख्खा पहिरोमा परी दोलखामा १ जनाको मृत्यु
फाइल फोटो

सडक निर्माण गर्दा खसेको सुख्खा पहिरोमा परी दोलखामा एक जनाको मृत्यु भएको छ । 

सुख्खा पहिरोमा परी दोलखाको बिगु गाउँपालिका १ का २२ वर्षीय कुसुङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लामाबगरबाट लप्ची जाने सडक खण्ड निर्माण क्रममा गएको सुख्खा पहिरोमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ५८ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ छन् ।​

सोमवार दिउँसो तीन बजेतिर पहिरो खसेको प्रहरीले जनाएको छ ।

उनी नासा हाइड्रो पावर कम्पनीमा काम गर्नेहरू हुन् । प्रतिकूल मौसमको कारण घाइतेहरूको उद्धारमा समस्या भएको प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्