१६ असार २०८३, मंगलबार

टाेपबहादुर जेल परेपछि चन्द्रबहादुरले छाडे एमाले

माघ २, २०८०
काठमाडौं
टाेपबहादुर जेल परेपछि चन्द्रबहादुरले छाडे एमाले

नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्जवल’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष ​पुष्पकमल दाहाल 'प्रचण्ड'ले खड्कालाई सोमवार अर्घाखाँचीमा पार्टीमा स्वागत गरेका हुन् । ​​

नेकपा एमालेका सांसद टाेपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि पूर्व राष्ट्रिय सभा सदस्यसमेत रहेका खड्का फेरि माओवादीमै फर्किएका हुन् ।

माओवादी केन्द्र अर्घाखाँचीका इन्चार्ज ठाकुर विकले खड्कासहित एमाले, कांग्रेस र विप्लव नेतृत्वका पार्टीबाट दर्जनौं कार्यकर्ताहरू माओवादीमा प्रवेश गरेको बताए । ‘खड्का पहिला माओवादी अर्घाखाँचीको इन्चार्ज हुनुहुन्थ्यो’, विकले लोकान्तरसँग भने, ‘केही समय एमालेमा जानुभयो । फेरि मूल घरमै फर्किनुभयो ।’

नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रम उद्‌घाटनपछि प्रचण्ड माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी प्रवेशमा सहभागी भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्