
दक्षिण कोरियाले एसियन कपमा विजयी शुरूआत गरेको छ । सोमबार सम्पन्न खेलमा ली काङ–इनको दुई गोलको मद्दतले दक्षिण कोरियाले बहराइनलाई ३–१ ले पराजित गरेको हो ।
खेलको ३९ औं मिनेटमा दक्षिण कोरियाले ह्वाङ इन–बोएमको गोलले अग्रता लिएको थियो । अल हाससहको गोलमा बहराइन ५१ औं मिनेटमा खेललाई बराबरीमा ल्याउन सफल रह्यो ।
त्यसयता दक्षिण कोरियाले दुई गोल थप्न सफल रह्यो । काङ–इनले ५६ औं मिनेटमा आफ्नो टिमका लागि दोस्रो गोल गरे । उनले ६९ औं मिनेटमा तेस्रो गोल थपे ।