२४ जेठ २०८३, आइतबार

फिफा द बेस्टः मेसीले आफ्नै प्रमुख प्रतिद्वन्द्वीलाई दिए पहिलो मत

माघ २, २०८०
काठमाडौं
फिफा द बेस्टः मेसीले आफ्नै प्रमुख प्रतिद्वन्द्वीलाई दिए पहिलो मत
तस्वीर साभारः ईएसपीएन ।

सन् २०२३ काे फिफा द बेस्ट अवार्डमा पुरुष वर्ष खेलाडी भएका विश्वविजेता अर्जेन्टिनी राष्ट्रिय फूटबल टोलीका कप्तान लियोनल मेसीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी अर्लिङ हालान्डलाई पहिलो मत दिएको पाइएको छ ।

फिफाले मंगलवार सार्वजनिक गरेको सूचीअनुसार मेसीले नर्वे तथा म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डलाई पहिलो मत दिएका छन् ।

यस्तै मेसीले दोस्रो मत गत वर्षको विश्वकप फाइनलका प्रतिद्वन्द्वी फ्रान्स तथा पीएसजीका फरवार्ड केलियन एमबाप्पेलाई दिएका छन् ।

यसैगरी मेसीले तेस्रो मत भने आफ्नै देशका सहमर्मी तथा सिटीका फरवार्ड जुलयन अल्भारेजलाई दिएको पाइएको छ ।

सोमवार बेलायतको लन्डनमा भएको कार्यक्रममा सिटीका हालान्ड र पीएसजी एमबाप्पेलाई पछि पार्दै अमेरिकी क्लब इन्टर मायामीका मेसीले अवार्ड जितेका हुन् । हालान्ड दोस्रो र एमबाप्पे तेस्रो भए ।

राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान, पत्रकार र फिफाको वेबसाइटमा प्रशंसकहरूबाट प्राप्त मतका आधारमा अवार्डको विजेता घोषणा गरिन्छ । प्रतिस्पर्धाका रहेका खेलाडी आफैँले आफैँलाई भने मत हाल्न पाइँदैन । एक जनाले पहिलो र दोस्रो र तेस्रो खेलाडी छुट्याएर मत दिन पाइन्छ । 

यसैगरी सिटीका इडरसनले रियल म्याड्रिडका थिबाउट कोर्टोयस र अल हिलालका यासिन बोनोउलाई पछि पार्दै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् ।

स्पेनी आइटाना बोनमटीले उत्कृष्ट महिला फूटबलरको जितेकी छिन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लन्डनमा पुरुष प्रशिक्षकको अवार्ड जितेका छन् ।

मेसीले यो अवार्ड कीर्तिमानी ८ पटक जित्न सफल भएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्