२६ जेठ २०८३, मंगलबार

‘खजुरे ब्रो’बाट नीतिको डेब्यु, रेयर राईले गर्दैछन् ‘टाइटल रोल’

माघ २, २०८०
काठमाडौं
‘खजुरे ब्रो’बाट नीतिको डेब्यु, रेयर राईले गर्दैछन् ‘टाइटल रोल’

चलचित्र ‘खजुरे ब्रो’को अफिसियल घोषणा गरिएको छ । 

केही दिनदेखि​ छायांकन भइरहेको चलचित्रको राजधानीमा एक कार्यक्रमकाबीच अफिसियल घोषणा गरिएको हो । 

यो चलचित्रलाई सुरज सुनुवारले निर्देशन गर्दैछन् । कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । चलचित्र धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन चलचित्र रहेको निर्देशक सुनुवारले बताए । 

मोडल नीति शाहले ‘खजुरे ब्रो’मार्फत चलचित्रमा डेब्यु गरेकी छन् । चलचित्रमा उनका साथमा रेयर राई, महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ । डेब्यु अभिनेत्री नीतिले चलचित्रको कथा र सम्पूर्ण टिम मन परेको कारण आफुले काम गरेको र राम्रो चलचित्र बन्नेमा ढुक्क रहेको बताइन् ।
चलचित्रको छायाँकन एकदमै राम्रो भइरहेको पनि नीतिले सुनाइन् । 

कार्यक्रममा बोल्दै रेयर राईले ‘खजुरे ब्रो’ शीर्ष रोलमा काम गर्न पाउँदा धेरै नै हर्षित भएको र च्यालेन्जिङ पनि रहेको बताए । 

कमेडी जनरामा पहिलो पटक काम गर्न लागेकोमा उत्साहित रहेको अभिनेता महेश त्रिपाठीले बताए । 

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने चलचित्रको छायाँकन केही दिनअघि सुरु भएको हो । केही दिनको काठमाडौँको छायाँकन सकेर टिम धरान प्रस्थान गर्नेछ । 

दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । अनमोल गुरुङको सङ्गीत रहने चलचित्र काठमाडौंसहित इटहरी, धरान र दार्जिलिङमा छायाङ्कन हुनेछ । 

चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । 

दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लि.को रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्