२२ असार २०८३, सोमबार

आयरल्यान्डका वैज्ञानिकहरूले आँसुबाट बिजुली निकाल्ने

कात्तिक २०, २०७४
आयरल्यान्डका वैज्ञानिकहरूले आँसुबाट बिजुली निकाल्ने

काठमाडौं, १८ असोज — आयरल्यान्डका वैज्ञानिकहरूले गरेको क्रान्तिकारी अनुसन्धानले आँसुबाट बिजुली निकाल्न सकिने देखिएको छ ।


आँसु मात्र नभई दूध र थुकबाट समेत बिजुली निकाल्न सकिने वैज्ञानिकहरूले खुलासा गरेका छन् ।

यो आविष्कारबाट चिकित्साक्षेत्रमा ठूलो परिवर्तन आउने अनुसन्धानकर्ताहरूको भनाइ छ । वरिपरिको ठाउँबाट ऊर्जा लिन सक्ने मशिनले नै शरीरमा औषधिको मात्रा निर्धारण गरिदिने र यसको कुनै साइडइफेक्ट नहुने उनीहरूले बताएका छन् ।

अप्लाइड फिजिक्स लेटर्स नामक जर्नलमा प्रकाशित अध्ययन निष्कर्षले कसरी अनुसन्धान टोली अण्डाको सेतो भाग र मानव शरीरबाट निस्कने तरल पदार्थमा दबाब दिन सफल भए भनी विस्तृत वर्णन गरिएको छ ।

लिमेरिक विश्वविद्यालयको इन्स्टिच्युट अफ बर्नालका अनुसन्धानकर्ताहरू यस परीक्षणमा सामेल थिए ।

परीक्षणले पीजोइलेक्ट्रिसिटीको प्रमाण उजागर गरेको छ । यस प्रक्रियामार्फत यान्त्रिक दबाब दिँदा बिजुलीको चार्ज हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्