२४ जेठ २०८३, आइतबार

रोमाले गर्‍यो प्रशिक्षक माउरिन्होलाई बर्खास्त

माघ २, २०८०
काठमाडौं
रोमाले गर्‍यो प्रशिक्षक माउरिन्होलाई बर्खास्त

इटालियन सिरी ‘ए’ क्लब रोमाले मुख्य प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ ।

सन् २०२१ मा रोमाको मुख्य प्रशिक्षकमा नियुक्त भएका उनी मंगलवार बर्खास्तीमा परेका हुन् ।

६० वर्षीय पोर्चुगिज प्रशिक्षक माउरिन्होले क्लबलाई युरोपा कन्फेरेन्स लिगको उपाधि दिलाएका थिए । 

यस्तै, उनकै प्रशिक्षणमा रोमाले सन् २०२३ को युरोपा लिगको फाइनल पनि खेलेको थियो ।

जारी सिजन खराब लयमा रहेको  रोमा सिरी ‘ए’को नवौँ स्थानमा छ । गत हप्ता शहरी प्रतिद्धन्द्धी लाजियोसँग पराजित भएपछि रोमा कोपा इटालियाबाट बाहिरिएको थियो । यसलाई लिएर माउरिन्हो बर्खास्तीमा परेका हुन् ।

यद्यपि, माउरिन्हो सफल प्रशिक्षक मानिन्छन् । उनले पोर्चुगिज क्लब पोर्टो र इटालियन क्लब इन्टर मिलानलाई च्याम्पियन्स लिग जिताएका छन् ।   

salt training

कमेन्ट गर्नुहोस्