३१ असार २०८३, बुधबार

सौगातको ‘फाटेको जुत्ता’ ट्रेन्डिङ दुईमा, एकमा कुन?

कात्तिक २०, २०७४
सौगातको ‘फाटेको जुत्ता’ ट्रेन्डिङ दुईमा, एकमा कुन?

काठमाडौं, १८ भदौ – आजभोलि भिडियो रिलिजका लागि युट्युब पनि गतिलो माध्यम बनेको छ । अझ युट्युबले भिडियोमार्फत रकम पनि दिन थालेपछि युट्युबरले भिडियोकै माध्यमबाट आम्दानीसमेत गर्न थालेका छन् ।
प्राय रिलिज भएका नेपाली चलचित्र युट्युबको ट्रेन्डिङमा पर्न थालेका छन् आजभोलि । आज (बुधवार) युट्युबमा चलचित्र ‘फाटेको जुत्ता’ नम्बर दुईमा छ । चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र‌लाई निरोज महर्जनले लेखेका हुन् । कमेडी जानराको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।उक्त चलचित्र आउँदो कार्तिक १७ बाट प्रदर्शन हुँदैछ ।

त्यस्तै युट्युबको ट्रेन्डिङ नम्बर एकमा भने रियालिटी शो ‘हिमालय रोडिज’ परेको छ । कार्यक्रमलाई अमन प्रताप अधिकारीले निर्देशन गर्दै आएका छन् । ट्रेन्डिङको नम्बर तीनमा भने हास्य श्रंखला भद्रगोल छ । पछिल्लो समय चर्चित हास्य चलचित्रका रुपमा समेत भद्रगोलको श्रंखलालाई लिने गरिएको छ । हिमालय रोडिज र भद्रगोलको नयाँ श्रंखला प्रायजसो ट्रेन्डिङमा पर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्