२१ असार २०८३, आइतबार

सन् २०२३ मा चीनमा शहरी क्षेत्रको बेरोजगारी दर घट्यो

माघ ३, २०८०
काठमाडौं
सन् २०२३ मा चीनमा शहरी क्षेत्रको बेरोजगारी दर घट्यो

बेइजिङ–चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो ।

राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस)ले बुधवार जारी प्रतिवेदनमा रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको जनाएको छ । 

सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर सन् २०२३ को डिसेम्बरमा ५.१ प्रतिशत रहेको र चीनका ३१ प्रमुख शहरको यो आँकडा पाँच प्रतिशत रहेको एनबीएसले जनाएको छ ।

चीनको ग्रामीण आप्रवासी कामदारहरूको कूल सङ्ख्या अघिल्लो वर्षको तुलनामा १९ लाख १० हजार बढेर सन् २०२३ मा २९ करोड ७५ लाख ३० हजार पुगेको छ । 
उनीहरूको औसत मासिक आय एक वर्ष पहिलेको तुलनामा ३.६ प्रतिशतले बढेर चार हजार ७८० युआन (झण्डै ६७२ अमेरिकी डलर) पुगेको छ । 

विद्यार्थीबाहेक १६ देखि २४, २५ देखि २९ र ३० देखि ५९ वर्ष उमेर समूहका नागरिकको बेरोजगारी दर क्रमशः १४.९ प्रतिशत, ६.१ प्रतिशत र ३.९ प्रतिशत रहेको छ ।

एनबीएसका प्रमुख काङ यीले भने, ‘विभागले १६–२४ उमेर समूहमा बेरोजगारी सर्वेक्षण गर्दा विद्यार्थीलाई समावेश गरेको छैन भने २५–२९ उमेर समूहको युवाहरूको बेरोजगारी स्थितिलाई ‘अझ सही र पूर्ण रूपमा’ प्रतिबिम्बित गर्न शुद्ध विद्यार्थीहरूको सङ्ख्यालाई कटौती गरेको छ ।’

उनका अनुसार गत वर्ष १६ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशतभन्दा बढी विद्यार्थी शहरी क्षेत्रका बासिन्दा थिए ।

नयाँ थपिएका २५ देखि २९ वर्ष उमेर समूहका लागि बेरोजगारीको तथ्याङ्कले स्नातक पछिका वर्षहरूमा युवाहरूका लागि रोजगारीको वातावरणलाई सङ्केत गर्न सक्छ, काङले बताए । 

एनबीएसले मासिक आधारमा विद्यार्थीबाहेकको १६–२४, २५–२९ र ३०–५९ उमेर समूहको बेरोजगारी दर सार्वजनिक

salt training

कमेन्ट गर्नुहोस्