भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीविरुद्ध उनका दुई पूर्वव्यापार साझेदारले मानहानिको मुद्दा दायर गरेका छन् । मुद्दा दिल्ली उच्च अदालतमा दर्ता भएको बीबीसी हिन्दीले जनाएको छ ।
मुद्दा धोनीका पूर्वव्यापार साझेदार मिहिर दिवाकर र सौम्य दासले मानहानिको मुद्दा दायर गरेका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार न्यायमूर्ति प्रतिभा एम सिंहले यो मानहानि मुद्दाको सुनुवाइ आज गर्ने छिन्।
यसअघि धोनीका वकिलहरूले दुवैविरुद्ध १५ करोड रुपैयाँको ठगीको मुद्दा दायर गरेका थिए।