२५ जेठ २०८३, सोमबार

दोस्रो खेलमा शतप्रतिशत जीत निकाल्दै अस्ट्रेलिया अन्तिम १६ मा

माघ ४, २०८०
काठमाडौं
दोस्रो खेलमा शतप्रतिशत जीत निकाल्दै अस्ट्रेलिया अन्तिम १६ मा

दोस्रो खेलमा शतप्रतिशत जीत निकालेसँगै अस्ट्रेलिया कतारमा जारी एएफसी एसियन कप फूटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीवार भएको खेलमा सिरियामाथि १–० को जीत निकाल्दै अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गरेको हो ।

लगातार दोस्रो जीतले अस्ट्रेलिया समूह ‘बी’मा ६ अंक जोडेको छ । पराजय ब्यहोरेको सिरिया समान खेलबाट एक अंकका साथ तेस्रो स्थानमा छ ।

जसिम विन हमाद रंगशालामा बिहीवार ज्याक्सन इर्भिनले ५९ औं मिनेटमा गरेको गोल अस्ट्रेलियालाई जित दिलाउन पर्याप्त बन्यो ।

पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई २–० ले पराजित गर्दा सिरिया उज्वेकिस्तानसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

समूह चरणको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई २–० ले हराएको थियो । सिरियाले पहिलो खेलमा उज्वेकिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । 

समूहको दोस्रो खेलमा बिहीवार साँझ ८ः१५ बजे भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्