
दार्चुला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ ।
सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइडनजिकै आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा १५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहलेका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था छ ।
घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ ।