२६ जेठ २०८३, मंगलबार

गाउँपालिका अध्यक्ष यादवलाई आक्रमण गर्नेलाई तत्काल पत्ता लगाउन नेता निधिको आग्रह

माघ ६, २०८०
धनुषा
गाउँपालिका अध्यक्ष यादवलाई आक्रमण गर्नेलाई तत्काल पत्ता लगाउन नेता निधिको आग्रह

गानेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई तत्काल पत्ता लगाउन प्रहरी समक्ष आग्रह गरेका छन् । 

जनकपुरधाममा बिहीबार राति अज्ञात समूहको आक्रमणमा परी घाइते भएका अध्यक्ष यादवको अवस्थाबारे आज जानकारी लिएपछि नेता निधिले मधेस प्रदेश प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु रेग्मीलाई सम्पर्क गरी घटनालाई गम्भीररूपमा लिई तत्काल सत्यतथ्य पत्ता लगाउन आग्रह गरे ।

प्रादेशिक राजधानीमै जनप्रतिनिधिमाथि आक्रमण हुनु र घटनास्थलमा प्रहरीको तत्काल उपस्थिति नहुनु चिन्ताको विषय भएको भन्दै नेता निधिले आफ्नो कामको सिलसिलामा निर्धक्क हिँडडुल गर्न चुस्त शान्ति, सुरक्षाको व्यवस्थाका लागि पनि प्रहरीको ध्यानाकर्षण गराए । 

salt training

कमेन्ट गर्नुहोस्