
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न छ लाखप्रति कार्ड ल्याइएको छ । कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेपछि यातायात व्यवस्था विभागले पूर्ण क्षमतामा लाइसेन्स छपाइको काम सुरु गर्ने भएको छ ।
छपाइ कार्ड सकिएर सात महिनादेखि अत्यावश्यक मात्रै छाप्दै आएको विभागले एक हप्तापछि पूर्ण रूपमा छपाइ सुरु हुने जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, “छ लाखप्रति कार्ड आएको छ । ल्याब टेस्टपछि छाप्ने काम सुरु हुन्छ । एक हप्तामा ल्याब टेस्ट हुन्छ ।” गोरखापत्रमा खबर छ ।