२९ जेठ २०८३, शुक्रबार

रहेनन् उत्तर कोरियाली संसद्का पूर्वअध्यक्ष चो, अन्त्येष्टिमा किम सहभागी

माघ ७, २०८०
काठमाडौं
रहेनन् उत्तर कोरियाली संसद्का पूर्वअध्यक्ष चो, अन्त्येष्टिमा किम सहभागी

सियोल– उत्तर कोरियाली संसद्का पूर्व अध्यक्ष चो थाइ-बोकको शनिवार निधन भएको छ । 

सरकारी समाचार पत्र रोडोङ सिनमुनका अनुसार चोको हृदयाघातका कारण निधन भएको हो । उनी ९३ वर्षका थिए । 

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले संसद्का पूर्वअध्यक्ष चोको अन्त्येष्टि समारोहमा सहभागी भएका थिए । 

किमले आइतवार बिहानै सत्तारुढ वर्कर्स पार्टीका पदाधिकारीसहित चोको निवासमा पुगी अन्त्येष्टि समारोहमा सरिक भई ‘उनको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

‘किम जोङ उनले वर्कर्स पाटी र सरकारी संयन्त्र विकासका लागि पवित्र सङ्घर्षमा विशिष्ट उपलब्धि हासिल गर्ने चोप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो,’ उत्तर कोरियाली नेताको आधिकारिक नामको संक्षिप्त रूप प्रयोग गर्दै विज्ञप्तिमा रोडोङ सिनमुन पत्रिकामा भनिएको छ ।

प्रतिवेदनमा चोलाई ‘राष्ट्रपति किम इल सुङ र अध्यक्ष किम जोङ इलप्रति वफादार क्रान्तिकारी योद्धा’का रूपमा वर्णन गरिएको छ ।

सन् १९९८ मा सर्वोच्च पिपुल्स एसेम्बली (एसपीए)को अध्यक्षमा निर्वाचित भएका चोले सन् २०१९ मा अवकाश नपाउन्जेलसम्म उत्तर कोरियाको संसद्मा सबैभन्दा लामो समयसम्म सेवा गर्ने अध्यक्षका रुपमा चिनिन्छन् । 

जर्मन, रुसी र अङ्ग्रेजी भाषामा निपुण चोले उत्तर कोरियाको तथ्याङ्कबारे अनुसन्धान र विश्लेषण गर्ने अनलाइन वेबसाइट एनके लिडरसिप वाचका अनुसार चोले नियमित रूपमा उत्तर कोरियाबाहिर भ्रमण गर्दै आएका थिए । 

वेबसाइटका अनुसार चोको किमकी शक्तिशाली काकी किम क्योङ हुईसँग घनिष्ठ सम्बन्ध थियो भने उनका पति जाङ सोङ थाइकलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो ।

सन् २०२२ को सेप्टेम्बर ९ मा उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा चोको अन्तिम सार्वजनिक उपस्थिति देखिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्