२४ जेठ २०८३, आइतबार

प्रदीप ज्ञवालीको दाबी – उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारीमा समस्या बढ्यो

माघ ७, २०८०
काठमाडौं
प्रदीप ज्ञवालीको दाबी – उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा सहकारीमा समस्या बढ्यो
फाइल फोटो

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दा सहकारीमा समस्या सिर्जना भएको बताएका छन् ।

आज भरतपुरमा प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीले नेपालमा बचतको संस्कार विकास गरे पनि उत्पादक र उपभोक्ताबीच पुलको काम गर्न नसकेको बताए । 

‘देशभरका अधिकांश सहकारी उत्पादनमूलक काममा नलाग्दा समस्या भएको हो’, ज्ञवालीले भने, ‘बचत उठाउने र महँगो ब्याजमा ऋण दिने गरेकाले यस्तो अवस्था आएको हो ।’ सरकारी निकायले समयमा नै नियमन गर्न नसक्दाको फाइदा केही सहकारी सञ्चालकले लिएका उनको भनाइ थियो ।​

देशभरका ६० हजार सहकारीमा रू आठ खर्ब बचत रहेको भन्दै उपमहासचिव ज्ञवालीले बचत गर्ने संस्कृतिको विकासमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए ।

सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले ठोस् कदम चाल्नुपर्नेमा उनले जोड दिए । उनले देश बन्छ भनेर युवामा ऊर्जा प्रदान गर्ने काममा सबै लाग्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्