२४ जेठ २०८३, आइतबार

भारतको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा गर्दा नेपालमा सार्वजनिक बिदा

माघ ७, २०८०
बुटवल
भारतको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा गर्दा नेपालमा सार्वजनिक बिदा

​​रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमjfर (भोलि) सार्वजनिक बिदा दिएको छ ।

श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा माघ ८ गते (२२ जनवरी, २०२४ तारिख) सोमवार हुने प्राण प्रतिष्ठाका दिन गाउँपालिकाले बिदा दिएको हो ।​

सोमवार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको कार्यालय र गाउँपालिका अन्तर्गतका सबै निकाय (विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय) बन्द रहने गाउँपालिकाले जनाएको छ ।​

सोमवार गाउँपालिका क्षेत्रभित्र समेत विभिन्न मठ मन्दिरहरूमा सोही प्रकृतिका प्राण प्रतिष्ठा लगायतका कार्यक्रम रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

अध्यक्ष यादवले सोमबार आ–आफ्नो घर तथा घर नजिकै रहेको राम जानकी मन्दिरहरूमा दीप प्रज्जवलन गर्न अपील गरेका छन् ।

साथै भोलि गाउँपालिका क्षेत्रभर कुनै पनि प्रकारको पशुपन्छी तथा जीवजन्तुको बध नगर्न तथा माछा, मासु एवं मदिराजन्य पदार्थ बिक्री वितरण समेत नगर्न उनले अपिल गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्