२४ जेठ २०८३, आइतबार

टोरेसको ह्याट्रिकमा बार्सिलोनाको जीत

माघ ८, २०८०
काठमाडौं
टोरेसको ह्याट्रिकमा बार्सिलोनाको जीत

स्पेनिस लालिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि सानदार जीत हात पारेको छ । बार्सिलोनालाई ४–२ ले जिताउन फेरान टोरेसले ह्याट्रिक गरे । यस्तै जोआओ फेलिक्सले एक गोल गरे । 

२१औं मिनेटमा फेरानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरे । 

तर त्यसपछि बार्सिलोनाले चार मिनेटको अन्तरालमा दुई गोल खान पुग्यो । दुवै गोल पूर्वरियल म्याड्रिडका खेलाडी इस्कोले गरेका थिए ।

तर ९०औं मिनेटमा फेलिक्सले गोल गर्दै खेल बार्सिलोनातर्फ ढल्काए । फेरानकै पासमा ट्रिभेला प्रहारले उत्कृष्ट गोल गर्दै उनले पुनः बार्सिलोनाका लागि अग्रता दिलाए ।

जितपछि बार्सिलोना २० खेलमा ४४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको जिरोनाको २१ खेलबाट ५२ अंक तथा दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५१ अंक छ ।

salt training

कमेन्ट गर्नुहोस्