०९ साउन २०८३, शनिबार

कांग्रेसलाई पहिलो पार्टी बनाउँछौं : देउवा

माघ ८, २०८०
पर्वत
कांग्रेसलाई पहिलो पार्टी बनाउँछौं : देउवा

​​​​नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एक भए अर्को चुनावमा बहुमतनजिक पुग्न सकिने बताएका छन् ।

पर्वत कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले बहुमत नभए पनि यसको हाराहारी मत ल्याउन सकिने बताएका हुन् ।

‘हामीले कांग्रेसलाई एक बनाएर अगाडि लानुपर्छ’, देउवाले भने, ‘हामी एकमत भएर अगाडि बढे कांग्रेसले एकल बहुमत ल्याउन नसके पनि यसकै हाराहारीमा मत ल्याउन सक्छ ।’ ​​

कांग्रेस ठूलो पार्टी भएको भन्दै निर्वाचनमा सबैले टिकट नपाए पनि चित्त बुझाएर पार्टीलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो । 

एक अर्काको खुट्टा तानेर सफल नहुने भन्दै उनले पार्टीलाई पहिलो बनाउन सबैले प्रयत्न गर्नुपर्ने बताए । 

‘हामी कांग्रेसहरू आफैंमा चुनौती छ । पार्टी ठूलो छ तर सबैले टिकट पाउँदैनन्’, देउवाले भने, ‘हामी पार्टीलाई समानुपातिक र समावेशीताको आधारमा मिलाएर जान तयार छौं । पार्टीकै चुनावमा पनि हामीले समावेशीतालाई आधार बनाउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्