२६ जेठ २०८३, मंगलबार

गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन

माघ ८, २०८०
बारा
गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा आज साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिए । 

सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, ¥याली, भजन मण्डली, किर्तन गरिएको थियो । आजका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताए । 

    नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्