०३ साउन २०८३, आइतबार

सामाजिक सुरक्षा कोषले एकैपटक गर्‍यो ३२ स्थानीय तहसँग सम्झौता

माघ ९, २०८०
काठमाडौं
सामाजिक सुरक्षा कोषले एकैपटक गर्‍यो ३२ स्थानीय तहसँग सम्झौता

गण्डकी प्रदेशका ३२ वटा स्थानीय तह एकैपटक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।

शुक्रवार र शनिवार पोखरामा भएको 'स्थानीय तहसँग सामाजिक सुरक्षा कोष' कार्यक्रमको समापनमा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र स्थानीय तहको तर्फबाट जनप्रतिनिधिहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एकैपल्ट ३२ स्थानीय तहसँग सम्झौता भएर नयाँ इतिहासको शुरूवात भएको बताए ।

गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, बागलुङ र पर्वतका ३२ वटा स्थानीय तहले शनिवार पोखरामा आयोजित एक समारोहका बीच सामाजिक सुरक्षा कोषसँग एकैपटक सम्झौता गरसिएको श्रम मन्त्रीका स्वकीय सचिव रंजित निष्पक्षले जानकारी दिए । योसँगै सामाजिक सुरक्षा कोषमा आबद्ध हुने गण्डकी प्रदेशका स्थानीय तहको संख्या ३४ पुगेको छ ।

null

सामाजिक सुरक्षा कोषका अनुसार सम्झौता बमोजिम कृषि, निर्माण, यातायात र घरेलु श्रमिकसहित स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिक १० हजार आठ सय २० को ११ प्रतिशत हुन आउने एक हजार एक सय ९० रुपैयाँ मासिक रुपमा योगदान गर्नुपर्छ ।

त्यसमा स्थानीय तहले उक्त रकमको ९.३७ प्रतिशत अर्थात् एक हजार १३ रुपैयाँको योगदान गर्नेछन् । त्यसबाट विभिन्न चा वटा योजनामा श्रमिकले सुविधा पाउनेछन् ।​

औषधोपचार, स्वास्थ्य र सुरक्षित मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत योगदानकर्ताले सुविधा पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्