
सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभाका बहुमत सदस्यले दलको नेता परिवर्तन गरेका छन् ।
माओवादी केन्द्र संसदीय दलका असन्तुष्ट बहुमत सदस्यको शुक्रवार बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए । दलको नेतामा मानबहादुर धामीलाई चयन गरिएको छ । धामी दार्चुलाको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
दलका नेता खगराज भट्टप्रति बढेको असन्तुष्टिकै कारण दलको नेता परिवर्तन गरिएको उपनेता रावलले बताए । दलको नेता परिवर्तनको जानकारी प्रदेशसभा सचिवालयलाई दिइएको छ । पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्ने मन्त्रीको कामप्रति पनि असन्तुष्टि रहेको बताइएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सम्मिलित छ । ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका ११ सदस्य छन् ।