२५ जेठ २०८३, सोमबार

स्थानीय मुद्रालाई स्थिर बनाउन १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तानको केन्द्रीय बैंक

माघ १४, २०८०
काठमाडौं
स्थानीय मुद्रालाई स्थिर बनाउन १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तानको केन्द्रीय बैंक

काबुल–केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतवार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ।

बैंकले शनिवार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा  निकै खस्किरहेको छ।

गत साता १ अमेरिकी डलरको विनिमयदर ६९.९ अफगानी थियो भने शनिवार स्थानीय विनिमय बजारमा ७३.४ अफगानी पुगेको थियो ।

विगत केही महिनाहरूमा, केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौं अमेरिकी डलर प्रवेश गराएको छ।

salt training

कमेन्ट गर्नुहोस्