११ साउन २०८३, सोमबार

चुम्बन प्रकरणः रुबिलेसविरुद्ध मुद्दा चलाउन प्रस्ताव

माघ १४, २०८०
काठमाडौं
चुम्बन प्रकरणः रुबिलेसविरुद्ध मुद्दा चलाउन प्रस्ताव

स्पेनका एक न्यायाधीशले त्यहाँको फूटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबिलेसलाई महिला विश्वकपका दौरान खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेको घटनामा मुद्दा चलाउन प्रस्ताव गरेका छन् । ती न्यायाधीशले मुद्दाको सुनुवाइका लागि पर्याप्त प्रमाण रहेको बताएका छन् ।

अदालतमा सुनुवाइका क्रममा बयान दिने क्रममा न्यायाधीशले चुम्बनलाई ’सहमतिमा होइन, एकपक्षीय र आश्चर्यजनक’ भनेर वर्णन गरेका छन् । 

जेनीले त्यो चुम्बन ’सहमतिमा नभएको’ बयान दिएपछि रुबिलेस पदच्युत भएका थिए । तर उनले जेनीको दाबीलाई अस्वीकार गर्दै आएका छन् ।

विश्व फूटबल महासंघ (फिफा)ले पनि चुम्बन प्रकरणमा मुछिएका स्पेनिस फूटबल महासंघका निवर्तमान अध्यक्ष लुइस रुबिलेसलाई ३ वर्षको प्रतिबन्ध लगाएको थियो ।

यसअघि फिफाले रुबिलेसलाई स्पेनिस फूटबल संघको अध्यक्षबाट निलम्बन गरेको थियो । उनीमाथि गत भदौमा ९० दिनका लागि निलम्बन गरिएको थियो ।    

स्पेनिस फूटबल संघका अध्यक्ष रुबिलेसले विश्वकप विजेता आफ्नै देशकी खेलाडी जेनी हेरमेसोलाई अस्वाभाविक चुम्बन गरेका थिए । 

अष्ट्रेलियामा गत भदौ (२०२३ अगस्ट २०)मा भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फूटबलको उपाधि जितेको थियो । सो क्रममा स्पेनिस खेलाडी र पदाधिकारीले खुलेरै खुसी मनाएका थिए । 

ट्रफी तथा मेडल वितरण कार्यक्रममा दौरान स्पेनिस फूटबल संघका अध्यक्ष रुबिलेसले आफ्नो देशका महिला खेलाडीलाई अंगालो हालेर चुम्बन गरेका थिए । यस क्रममा जेनीलाई गरेको चुम्बनले भने विवाद सिर्जना गरेको हो ।

हुन पनि अध्यक्ष रुबिलेसले जेनीको मुखमै चुम्बन गरेका थिए । यसलाई लिएर विश्वभरका सञ्चारमाध्यमहरूले विभिन्न समाचार बनाएका थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूले मुखमा चुम्बन गर्नु खराब नियत भएको बताएका थिए ।

यसपछि स्पेनिस फूटबल महासंघका अध्यक्ष रुबिलेसले यो घटनालाई लिएर माफी मागेका थिए । 

रुबिलेसले खराब नियतले नगरिएको भए पनि त्यो आफ्नो गल्ती भएको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्