०५ असार २०८३, शुक्रबार

अनौठा कारणले मरेका मान्छेको कथा पढेर रुनु कि हाँस्नु ?

कात्तिक २०, २०७४
अनौठा कारणले मरेका मान्छेको कथा पढेर रुनु कि हाँस्नु ?

 

unusual_death_1जिन्दगी छ भने मृत्यु पनि छ । अनि मृत्यु जस्तो कारणबाट पनि हुनसक्छ । आउनुस् पढौं, मृत्युका अनौठा कारणहरू :

डियोड्रेन्टबाट मृत्यु
सन् १९९८ मा इंग्ल्यान्डका एक १६ वर्षीय युवकको सुगन्ध छर्ने डियोड्रेन्ट प्रयोग गरेका कारण मृत्यु भयो । मुटुको समस्या भएको उक्त युवक डियोड्रेन्टको अत्यधिक प्रयोगका कारण ज्यान गुमाउन बाध्य भयो ।

दाह्री काट्दा मृत्यु
अस्ट्रियाका हान्स स्टेनिंगरको संसारकै सबभन्दा लामो दाह्री थियो । सन् १५६७ मा दाह्री मिलाउँदै गर्दा उनको बस्तीमा आगो लागेछ । भाग्ने क्रममा आफ्नै दाह्रीमा अल्झिएर उनको घाँटी भाँचिएर मृत्यु भयो ।

ब्राका कारण मृत्यु
सन् १९९९ मा इंग्ल्यान्डमा दुई महिला पार्कमा टहल्दै गर्दा अचानक पानी पर्न थाल्यो अनि उनीहरू रुखमुनि लुके । त्यतिखेरै चट्याङ परेपछि उनीहरूको ब्रामा रहेको धातुबाट करेन्ट लागेर दुवैको मृत्यु भयो ।

हाँस्दाहाँस्दै मृत्यु
ग्रिसेली दार्शनिक क्राइसिप्पस अफ सोलीले गधालाई अफिम खाएको देखेर हाँस्न शुरु गरेका थिए । उनले आफ्नो हाँसो रोक्नै सकेनन् र हाँस्दा हाँस्दै मृत्युवरण गर्न पुगे ।

छुन नहुने भएर मृत्यु
उन्नाईसौं शताब्दीमा थाइल्यान्डकी महारानी सुनन्दा कुमारीरत्नालाई कसैले छोएमा मृत्युदण्डको सजाय हुन्थ्यो । एकचोटि समुद्रमा डुंगा पल्टिएर उनीसहित केही मानिस डुबे । तर उनलाई छुन नहुने आदेश भएकाले कसैले पनि बचाउन जाने साहस गर्न सकेनन् । बीस वर्षको उमेरमै उनले मृत्युवरण गर्नुप-यो ।

गाजरको जुस पिएर मृत्यु
बासिल ब्राउन शारीरिक सुगठनमा विश्वास राख्ने व्यक्ति थिए । फिट रहनका लागि उनी हरेक दिन एक ग्यालन गाजरको जुस पिउँथे । धेर जुस पिएरै उनको मृत्यु भयो ।

फोहोरको डंगुर देखेर मृत्यु
अमेरिकाको कोलियर ब्रदर्शले २० वर्षको हुँदा भाडामा एउटा घर लिएका थिए । त्यो घरमा यति फोहर थियो कि निकाल्दा निकाल्दा त १८० टन फोहोर पो निस्क्यो । त्यत्रो डंगुर देखेरै उसको मृत्यु भयो ।

चन्द्रमालाई चुम्बन गर्ने हुँदा मृत्यु

प्रसिद्ध चिनियाँ कवि ली बाइ प्रकृतिप्रेमी थिए । उनलाई चन्द्रमा चुम्ने प्रबल इच्छा थियो । त्यति परको कुरो कसरी चुम्नु अब ? त्यसपछि उनले पोखरीमा गएर चन्द्रमाको प्रतिबिम्बलाई भएपनि चुम्ने विचार गरे । यस क्रममा उनको नाउ पल्टियो र उनी पोखरीमा डुबे अनि त्यहीँ मरे ।

उपहारले थिचिएर मृत्यु
प्राचीन ग्रिसको एथेन्स राज्यका सांसद ड्राकोको एजिना थिएटरमा उनका प्रशंसक नागरिकहरूले दिएको लुगा र टोपीको डंगुरमा थिचिएर मृत्यु भयो ।

माछा उफ्रेर मृत्यु
तान्जानियाका एक माझी रोबर्ट म्वाइवेगाले पक्रेको एउटा माछा उनको हातबाट फुत्किएर मुखभित्र पस्न पुग्यो । भित्र त्यो माछो खुम्चिएर छातीमा पुग्यो र सासै रोकिएर उनको मृत्यु भयो ।

salt training

कमेन्ट गर्नुहोस्