११ साउन २०८३, सोमबार

काँग्रेस नेतृत्वको गठबन्धनको कार्यदलमा को-को ? भोलि बस्ने भयो बैठक

कात्तिक २०, २०७४
काँग्रेस नेतृत्वको  गठबन्धनको कार्यदलमा को-को ?  भोलि बस्ने भयो बैठक
काठमाडौँ, १९ असोज - प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ ।gathabandhan

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा बुधबार काँग्रेससहित छ दलले लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका थिए ।

आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे रहेको काँग्रेस नेता डा रिजालले बताए ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् । कार्यदलको बैठक शुक्रबार बिहान ८ः०० बजे बस्ने नेता डा रिजालले जानकारी दिए ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्