०७ असार २०८३, आइतबार

यस्तो छ टिकट वितरणमा वाम गठबन्धनको रणनीति

कात्तिक २०, २०७४
यस्तो छ टिकट वितरणमा वाम गठबन्धनको रणनीति
काठमाडौं, २० असोज- वाम गठबन्धनले वर्चस्वका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचन क्षेत्र बाँडफाँट गर्ने भएको छ । निर्वाचन क्षेत्र निर्धारण गर्न गठित कार्यदलको बिहीबारको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटबारे छलफल भएको छ । ‘निर्वाचन क्षेत्र बाँडफाँट गर्दा कहाँ कसले निर्वाचन जित्न सक्छ, त्यसैलाई मुख्य आधार बनाएर जसरी पनि जित्ने गरी क्षेत्र निर्धारण गर्ने तयारी छ’, कार्यदल सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले भने ।ekata 12
कुन क्षेत्रमा कुन पार्टीका उम्मेदवारले निर्वाचन जित्न सक्छन् भन्ने आधार खोजी गरी यही असोज २२ गतेभित्र निर्वाचन क्षेत्रको टुंगो लगाउने समझदारी कार्यदलमा भएको खबर अन्नपूर्ण पोस्टमा छ । नयाँ शक्तिलाई समझदारीमा आवश्यकताका आधारमा र बाँकी क्षेत्रमा एमालेका ६० र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार उठाउने सहमति गरेका ती दलले आफ्नो पकड रहेको निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार उठाउनेछन् । त्यसका लागि दोस्रो संविधानसभा र स्थानीय तह निर्वाचनमा पार्टीहरूले प्राप्त गरेको मत र जितेका क्षेत्रलाई आधार बनाएर भागबन्डा गर्ने तयारी छ ।

तीन दलको पार्टी एकता संयोजन समितिको बुधबार बसेको बैठकले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण समिति र निर्वाचन घोषणापत्र मस्यौदा समितिको बिहीबारको संयुक्त बैठकमा शीर्ष नेताहरूले कार्यदललाई त्यस्तो म्यान्डेट दिएपछि कार्यदलले तयारी गरेको हो ।

‘कार्यदललाई प्राप्त म्यान्डेटका आधारमा हामी कुन पार्टीका उम्मेदवारले कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनाव लड्ने भन्ने विषयको टुंगो तीन दिनभित्र लगाइसक्छौं’, निर्वाचन क्षेत्र निर्धारणका लागि गठित कार्यदलका संयोजक तथा एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘हामीले पाएको म्यान्डेटका आधारमै निर्वाचन क्षेत्र निर्धारण टुंग्याउँछौं ।’

कमेन्ट गर्नुहोस्