१२ असार २०८३, शुक्रबार

एउटा कचौराको मूल्य ३ सय ९६ करोड !

कात्तिक २०, २०७४
एउटा कचौराको मूल्य ३ सय ९६ करोड !
तपाईलाई एउटा कचौराको मूल्य (३८ मिलियन डलर) ३ सय ९६ करोड भन्दा पत्यार लाग्छ ? यो वास्तविकता हो ।
तपाई अब प्रश्न गर्नुहोला एउटा जाबो कचौराको यति धेरै मूल्य, के छ यसमा खास ?

यो सामान्य खालको कचौरा होइन । यो एक हजार वर्ष पुरानो कचौरा हो ।

चीनको सांग राजवंशले प्रयोग गरेको यो कचौरा मंगलबार हंङकङमा रेकर्ड कायम गर्दै लिलाम गरिएको छ ।

तर किन्ने व्यक्तिले आफे परिचय भने गोप्य राखेका छन् ।

अक्शन हाउस सोथबेले बताए अनुसार यो दवुर्लभ चिनियाँ कचौरा २० मिनेटको लीलामिमा विकेको हो ।

केही मानिसले फोनमार्फत बोली लगाएका थिए भए केही त्यही उपस्थित थिए ।

यो सानो कचौराको आकार १३ सेन्टिमिटरको छ र यो नीलो–हरियो रंगको छ । कचौराको महत्वको अनुमान यतिखेर लगाउनसकिन्छ कि यसको सुरुवाती बोली १०।२ मिलियन डलरबाट शुरु गरिएको थियो ।

यसअघि सन् २०१४ मा चीनका मिंग राजवंशले प्रयोग गरेको रक्सीको प्याला ३६ मिलियन डलरमा विकेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्