
भारतीय चर्चित रियालिटी सो ‘इण्डियन आइडल’ बाट नेपाली चेली मेनुका पौडेल बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको जानकारी गराइएको हो ।
मेनुका उत्कृष्ट १० मा छनोट भएपछि त्यसभन्दा माथि पुग्न नसकेकी हुन् । ‘म सबैजनालाई विश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु,’ प्रतियोगिताबाट बाहिरिएपछि मेनुकाले भनिन् ।
मेनुकाले सामाजिक संजालबाट पनि इण्डियन आइडलको यात्रा सकिएको जनाएकी छन् । तर, जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको उनको भनाइ छ । इन्डियन आइडलमा उनको निकै चर्चा भएको थियो । पूर्वी नेपालकी उनी दृष्टिविहीन हुन् ।