०७ असार २०८३, आइतबार

रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन

माघ २२, २०८०
काठमाडौं
रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन

रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका आफन्तले रुस दूतावासमा परिवारको अवस्था जानकारी मागेका छन् । साथै, आफन्तले रुसमा भर्ती भई सम्पर्कमा रहेका नेपालीहरुसँग पनि सोधखोज गरिरहेका पाइएको छ ।

सरकारले पटक–पटक रुसलाई पत्राचार गरेर नेपालीलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरे पनि दैनिकजसो नेपाली सम्पर्कविहीन भएका खबर आइरहेका छन् । विशेषगरी, युद्धमा मोबाइल ‘एल्लो जोन’मा राखेर जाँदा अहिले धेरै नेपाली सम्पर्कविहीन अवस्थामा रहेको रुसी सेनामा कार्यरत नेपाली डायमन्ड सी म्यग्देलीले सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका ७० जनाको परिवारले अवस्था पत्ता लगाइदिन आग्रह गरेको बताएका छन् ।

रुस–युक्रनको सीमा नाकामा दैनिकजसो हुने युद्धमा हताहतीको खबर आइरहेका बेला नेपालमा रहेका परिवारका सदस्यले सम्पर्कविहीन भएकाहरूको खोजी गरेका हुन् । हालसम्म आधिकारिक रूपमा नेपालबाट कति नेपाली रुस गएका छन् भन्ने यकिन तथ्यांक नभए पनि ४ हजारबढी नेपाली रुसी सेनामा भर्ती भएको अनुमान गरिएको छ । राजधानी दैनिकमा खबर छ । 

कमेन्ट गर्नुहोस्