०४ साउन २०८३, सोमबार

प्रतिनिधि सभामा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेश

माघ २२, २०८०
काठमाडौं
प्रतिनिधि सभामा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेश

​प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेश भएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेश गरे ।

उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्व छलफलका लागि समयावधि अगाडि सार्ने लगायत व्यवस्था समावेश छन् ।​

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेश गरेका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक यही माघ २४ गते बुधवार बिहान ११ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्