१० असार २०८३, बुधबार

स्वरुप परिवर्तन गरेका २७ मोटरसाइकल चालक ट्राफिक प्रहरीको कारवाहीमा

माघ २२, २०८०
काठमाडौं
स्वरुप परिवर्तन गरेका २७ मोटरसाइकल चालक ट्राफिक प्रहरीको कारवाहीमा

स्वरुप परिवर्तन गरी चर्को आवाज निकाली ध्वनी प्रदुषण गराउने २७ वटा मोटरसाइकलका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । नियमित चेकजाँचमा निरन्तर रुपमा कारवाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियाननै संचालन गरेर स्वरुप परिवर्तन गरी चलाउने सवारी साधनका चालकलाई कारवाही गर्न थालेको हो । 

जथाभावी रुपमा साइलेन्सर, लाईट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिल लगायतका पुर्जाहरूलाई परिवर्तन गरी मोटरसाइकल चलाउदा सवारी दुर्घटना हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिएको जनाएको छ । 
स्वरुप परिवर्तन गरि चलाइएका सवारी साधनबाट निस्कने चर्को आवाजले  वृद्ध वृद्धा, बालबालिका र संवेदनशिल क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर पर्ने  तथा ध्वनी प्रदुषण समेत हुने हुँदा त्यस्ता सवारी साधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्