म्याद गुज्रिएका खाद्यबस्तुहरू नयाँ लेभलिङगरी आफूखुसी बजारमा बिक्री गर्ने खाद्य उद्योग प्रहरीले सिल गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ललितपुर महानगर(०८ स्थित मिनाक्षी खाद्य उद्योगलाई सोमबार सिल गरेको हो ।
लिलितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार उद्योगले म्याद गुज्रिएका खाद्यबस्तुहरू नयाँ लेभलिङगरी आफूखुसी बजारमा बिक्री गर्ने गरेको पाइएको हो ।
प्रहरीसँगै स्थाननीय जन प्तिनिधि र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुसन्धान टोलीको रोहबरमा सिल गरिएको हो ।
उद्योग संचालकलाई विभागमा आवश्यक कागजातसहित ३ दि भित्र उपस्थित निर्देशन दिइएको छ ।