२४ जेठ २०८३, आइतबार

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले साढे ५२ करोड लगानी गर्ने

माघ २३, २०८०
काठमाडौं
गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले साढे ५२ करोड लगानी गर्ने

चितवनको भरतपुरस्थित कृषि क्याम्पसको जग्गामा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेर छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले साढे ५२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले जानकारी दिए । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको हो । ​

रंगशाला निर्माणका लागि प्रथम चरणमा ७५ करोड रुपैयाँ बराबरको लागत अनुमान गरिएको छ । जसको ७० प्रतिशत ५२ करोड ५० लाख हुन्छ । 

यसअघि संघीय सरकारले गत पुसमा बागमती सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको थियो । अब उक्त रंगशाला संयुक्त लगानीमा बन्ने निश्चित भएको छ ।

भरतपुर महानगरकी मेयर रेणु दाहालले क्रिकेट खेलको विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले बागमती प्रदेश सरकारलाई धन्यवाद समेत दिएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्