
टोकियो–जापानको टोयोटा कम्पनीले मङ्गलवार आफ्नो वार्षिक खुद नाफा प्रक्षेपण बढाएको छ ।
विश्वव्यापी अर्धचालकको अभाव कम भएकाले सबै क्षेत्रमा यसका उत्पादनमा वृद्धि भएको छ।
विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकरले अब चालु आर्थिक वर्षमा ४.५ ट्रिलियन येन (३० अर्ब डलर)को रेकर्ड खुद नाफा गर्ने अपेक्षा गरेको छ ।
यो नाफा प्रक्षेपण अघिल्लो ३.९५ ट्रिलियन येनको अनुमानको तुलनामा उल्लेख्य वृद्धि हो ।