०५ साउन २०८३, मंगलबार
टेरामक्स भ्रष्टाचार प्रकरण

संसद्‌मा एमालेको प्रश्न– अख्तियारले बोलाउँदा मन्त्री र सत्तारूढ दलका सांसद किन जाँदैनन् ?

माघ २४, २०८०
काठमाडौं
संसद्‌मा एमालेको प्रश्न– अख्तियारले बोलाउँदा मन्त्री र सत्तारूढ दलका सांसद किन जाँदैनन् ?

नेकपा एमालेले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) भ्रष्टाचार प्रकरणमा छानबिनका लागि बोलाउँदा कांग्रेसका मन्त्री र सांसद अख्तियार नगएकोप्रति आपत्ति जनाएको छ । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सत्तारूढ दलका सांसदले अख्तियारलाई सहयोग नगरेको भन्दै आपत्ति जनाएका हुन् ।
 
‘सुशासनका कुरा कहाँबाट गर्नुहुन्छ । टेरामक्स छानबिन चलिरहेको छ । एउटा ल्यापटप ५० हजार डलरमा किनिएको छ । खाने पनि कत्रो मुख हो ? तिनै मान्छे अहिले मन्त्री छन्, माननीय छन् । यो के हो भनेर अख्तियारले बनाय बोलाउँदा जान्न भन्ने ?’ सांसद गिरीले भने, ‘२०५१ सालतिर एकजना पूर्वप्रधानमन्त्रीले भनेका थिए– मैले बनाएको अख्तियारले मलाइ बोलाउने । अहिले पनि त्यही गर्न खोजेको हो ?’

टेरामक्स प्रकरणमा बयानका लागि बोलाउँदा कांग्रेसका सांसदसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र पूर्व संचारमन्त्री समेत रहेका सांसद ज्ञानेन्द्र बहादुर कार्की अख्तियारको बयानमा नगएको समाचार बाहिरिएको थियो । ‘अख्तियारले बोलाएर सत्तारूढ दलका सांसद जाँदैनौं भन्ने ? अनि देशमा सुशासन कायम हुन्छ ? सरकारले कसलाई संरक्षण गर्न खोज्दै छ । सरकारको नैतिक धरातल कस्तो छ ?’ गिरीले भने । 

सांसद गिरीले सहकारीको सम्पत्ति विचलन गर्ने सबैलाई कानूनको दायरामा ल्याउन माग गरे । 

salt training

कमेन्ट गर्नुहोस्