१५ असार २०८३, सोमबार

पाकिस्तानमा निर्वाचनः मौन अवधि शुरू

माघ २४, २०८०
काठमाडौं
पाकिस्तानमा निर्वाचनः मौन अवधि शुरू

इस्लामाबाद– पाकिस्तानको निर्वाचन आयोगले बिहीवार हुने पाकिस्तानको आम चुनाव २०२४ को सबै तयारी मङ्गलवार मध्यरातमा राजनीतिक दल तथा उम्मेद्वारहरूले आधिकारिक नियमहरू अनुरूप आफ्नो अभियान सम्पन्न गरेका छन् । 

आम चुनावमा सहभागी हुने कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले मौन अवधिमा बैठक, जुलुस, प्रचार लगायतका कार्यक्रममा भाग लिएमा कानूनअनुसार कारर्वाही गरिने सुचना पाकिस्तानको निर्वाचन आयोगले जानकारी गराएको छ । 

निर्धारित समयपछि, निर्वाचन अभियान, विज्ञापनलगायत अन्य लिखित सामग्रीहरू इलेक्ट्रोनिक र छापाका सञ्चारमाध्यम प्रकाशन गर्न समेत निषेध गरिएको निर्वाचन आयोगल जनाएको छ । 

निर्वाचन आयोगले चुनाव सम्पन्न नभएसम्म सञ्चारमाध्यममा सबै प्रकारका मतदान सर्वेक्षणको प्रकाशन र प्रसारणमा पनि प्रतिबन्ध लगाएको छ ।

राजनीतिक नेता र प्रतिस्पर्धी उम्मेदवारले अधिकतम सार्वजनिक समर्थन प्राप्त गर्नका लागि चुनावी अभियानमा  सार्वजनिक जमघट, र्‍याली, बैठक र घरदैलो अभियान सञ्चालन गरेका थिए । 

निर्वाचन आयोगका अनुसार देशभर ९० हजार ६७५  मतदान केन्द्र स्थापना गरिएको छ ।  सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावको लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार राष्ट्रिय सभा वा संसदको तल्लो सदनका लागि २६६ वटा साधारण सीटसहित कूल पाँच हजार एक सय २१ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेशसभाका लागि चार प्रान्तका ५९३ सिटमा  १२ हजार ६९५ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

निर्वाचन आयोगले बिहीवार हुने राष्ट्रिय सभा र प्रदेशसभा चुनावका लागि मतदान गर्न  सबै दर्ता भएका मतदातालाई आग्रह गरेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्