०१ असार २०८३, सोमबार

चीनको बजार हाल विश्वस्तरमा सबैभन्दा खराब, शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त

माघ २४, २०८०
काठमाडौं
चीनको बजार हाल विश्वस्तरमा सबैभन्दा खराब, शीर्ष वित्तीय नियामक प्रमुख बर्खास्त

बेइजिङ–विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र चीनको बजार वैश्विकस्तरमा सबैभन्दा खराब प्रदर्शनमा परेपछि चीनले आफ्नो शीर्ष वित्तीय नियामक प्रमुखलाई हटाएको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

साङ्घाई र हङकङका शेयर बजारहरूमा सरकारी विक्रयलाई लिएर बेइजिङ चिन्तित भएको छ । यी बजारले मूल्याङ्कनमा खर्बौं गुमाएका छन् र उक्त पराजयलाई रोक्न धेरै उपाय सार्वजनिक गरिएको छ । सत्तारूढ कम्युनिस्ट पार्टीको शीर्ष नेतृत्वले यी हुइमानलाई मुलुकको शीर्ष वित्तीय नियामक सेक्युरिटिज रेगुलेटरी कमिसन (सीएसआरसी)को प्रमुखबाट हटाएको सरकारी प्रसारक सिसिटिभीले बुधवार बताएको छ । 

ब्लुमबर्गका अनुसार त्यसको एक दिनपछि राष्ट्रपति सी जिनपिङ बजारलाई माथि उठाउने प्रयासमाथि छलफल गर्न नियामकहरूसँग भेट गर्न लागेका थिए । इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाका पूर्वअध्यक्ष यीलाई सन् २०१९ जनवरीमा सीएसआरसीमा शीर्ष पदमा नियुक्त गरिएको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार यीले लियु शियुको स्थान लिएका थिए । लियुलाई ‘कानून र अनुशासनको उल्लङ्घन’ गरेको आरोपमा बर्खास्त गरिएको थियो र अनुसन्धान गरिएको थियो ।

एक आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष चीनले तीन दशकमा आफ्नो सबैभन्दा कम वृद्धि दर (पाँच दशमलव दुई प्रतिशत) हासिल गरेको छ । यसमा केही अर्थशास्त्रीले सन्देह प्रकट गरेका छन् । 

मुलुकले गम्भीर सम्पत्ति सङ्कट, सुस्त खपत र वैश्विक उथलपुथलको सामना गरिरहेको छ । अधिकारीहरूमाथि व्यावसायिक गतिविधि पुनः शुरू गर्न र उपभोक्ताहरूलाई पुनः खर्च गर्न थप प्रोत्साहन कदम सार्वजनिक गर्न दबाब छ । 

चीनको अर्थतन्त्रले महामारीपछि प्रारम्भिक सुखद सुधार गरेको थियो तर घर र व्यवसायहरूबीच विश्वासको कमीका कारण खपत प्रभावित हुँदा गत वर्षका केही महिनाभित्र यस्तो सुधार समाप्त भयो । 

मङ्गलवार प्रमुख वित्तीय संस्थानहरूमा चीन सरकारको हिस्सा राख्ने एकाइ सेन्ट्रल हुइजिन इन्भेस्टभेन्टले कोषमा लगानी बढाउने बताएपछि हङकङ र साङ्घाईमा स्टक बढ्यो । सिएसआरसीले दीर्घकालीन कोषबाट थप कार्य गर्न आग्रह गर्ने र सूचीबद्ध कम्पनीहरूबाट पुनः खरिद बढाउन आह्वान गर्ने घोषणा गरेपछि सेन्ट्रल हुइजिन इन्भेस्टमेन्टले कोषमा लगानी बढाउने बताएको हो । 

बिग्रिएका बजारलाई समर्थन गर्न थप चिनियाँ उपायहरूको अपेक्षामा साङ्घाईको शेयरहरू बुधवार बढेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्