२४ जेठ २०८३, आइतबार

पाँच लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर

माघ २४, २०८०
काठमाडौं
पाँच लाख घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले रु पाँच लाख घुससहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्ध आज विशेष अदालत काठमाडौँमा  मुद्दा दायर गरेको हो । 

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले सेवाग्राहीबाट रु पाँच लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

आयोगले वडाध्यक्षकार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजायसमेत हुन माग दाबी लिइ आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्